काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री बिरामी पर्नुभएको छ । ज्वरो र रुघाको समस्या देखिएपछि बुधबार उहाँलाई वीर अस्पताल भर्ना हुनु भएको हो । सहरी विकासमन्त्री झाँक्रीमा निमोनिया देखिएको छ ।

उहाँका सहयोगी फुर्वा तामाङका अनुसार सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानु भएको थिएन् ।

हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखिएको बताउनुभयो । मन्त्री झाँक्रीको अहिले अस्पतालमा उपचार हुँदैछ । मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

सामान्य प्रकृतिको निमोनिया देखिएको कोभिड युनिफाइड अस्पताल वीरका प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

मन्त्री झाँक्रीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । वीर अस्पतालको भीआईपी उपचारकक्षमा उहाँको उपचार भइरहेको छ ।

सम्बन्धित खबरहरु