काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक बिहीबार अपरान्ह ४ बजे बस्दैछ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा एमालेको दशौं महाधिवेशन सम्बन्धमा विषय केन्द्रीत रहने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको हो ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० देखि १२ गते चितवनमा आयोजना हुन गइरहेको छ ।

दशौं महाधिवेशनको मापदण्ड र कार्यतालिका सम्बन्धमा पार्टीको स्थायी कमिटीको बैठकमा छलफल हुने तामाङले बताउनुभयो । यसैगरी, एमालेको कात्तिक ६ गते भएको वडा अधिवेशन र कात्तिक ९ गते भएको पालिका अधिवेशनको समीक्षा पनि हुने उहाँ बताउनुहुन्छ ।

एमाले विभाजनको शिकार बनेको पार्टी हो । बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेको छ । पार्टी विभाजनपछिपनि गुटको अन्त्य भएको छैन । उक्त समूहमा रहेकाहरु अझै एमालेभित्र नै छन् । उनीहरुले संस्थापन पक्षसँग संघर्ष गरिरहरको छन् ।

सम्बन्धित खबरहरु