काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ हुनुभएको छ । निमोनिया र ज्वरो आएपछि उहाँलाई बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी फुर्वा तामाङले जानकारी दिनुभयो ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, सहयोगी तामाङले भन्नुभयो, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो ।

अहिले अस्पतालमा उपचार गराइरहनुभएको छ ।” मन्त्री झाँक्रीको स्वास्थ्यमा सुधार भइरहेको उहाँले बताउनुभयो ।

झाक्री नेपालकी विवादित राजनीतिज्ञ हुनुहुन्छ । उहाँ विभिन्न समयमा विविध विवादमा फस्नुभएको छ । राष्ट्रपतिको मान हानी गरेको मुद्धामा केही समय अघि उहाँलाई प्रहरीले पक्राउ गरेको थियो । उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीको प्रखर आलोचक हो । पार्टीभित्रको संघर्षमापनि कट्टर आलोचक उहाँ नै हो ।

सम्बन्धित खबरहरु