काठमाडौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारले कुनै उपलब्धि बाहेक नै संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

२३ भदौमा शुरु भएको अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । एमालेको अवरोधका बीच सरकारले नयाँ बजेट ल्याएपनि अरु विधेयक अघि बढाउन सकेन ।

यसैबीच आजै बसेको मन्त्रीपरिषद्को बैठकले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । सरकारले यसअघि तत्कालिन सरकारले नियुक्त गरका मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।

सम्बन्धित खबरहरु