काठमाडौं । २० जनाको जम्बो टोली लिएर प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा जानुहुने भएको छ । ​स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन देउवा नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार त्यसतर्फ लाग्ने भएको हो ।

प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । तपाईंलाई जानकारी गराउ पाँचौं पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको टोलीमा सहभागि व्यक्तिहरु निम्नानुसार रहेका छन् ः

  • वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव
  • गृह सचिव टेकनारायण पाण्डे
  • अर्थ सचिव मधुकुमार मरासिनी
  • परराष्ट्र सचिव भरतराज पौड्याल
  • ऊर्जा सचिव देवेन्द्र कार्की
  • वन तथा वातावरण सचिव पेमनारायण कँडेल
  • राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी
  • वन मन्त्रालयका सहसचिव राधा वाग्ले
  • परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदी
  • मन्त्रालयका उपसचिव रेवतीरमण पौडेल
  • राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधव कार्की
  • प्रधानमन्त्रीको निजी सचिवालयका उपसचिव जनक भट्ट
  • सेनाका प्रमुख सेनानी प्रकाशबहादुर सिंह
  • नेपाल प्रहरीका डीएसपी कोमल शाह
  • सशस्त्र प्रहरी निरीक्षक रामहरि श्रेष्ठसहित ५ जना सुरक्षा अधिकृत
  • सरकारी सञ्चारमाध्यमका ३ जना पत्रकार

सम्बन्धित खबरहरु