काठमाडौं । झण्डै ५ दशक लामो युद्धबाट शान्तिको मार्गमा फर्किन खोजेको अफगानिस्तानमा नयाँ संकट देखा परेको छ ।

अफगानिस्तानमा भोकमरी समस्या बढ्न थालेको हो । भोकमरीजस्तो गम्भीर संकटसँग जुध्न तालिबानले नयाँ स्किम जारी गरेको छ ।

तालिबान सरकारले ‘खानाका लागि काम’ स्किम ल्याएको हो । जानकारी अनुसार अब अफगानिस्तानमा कामको बदलामा पैसा नभई अन्न दिइनेछ ।

केहि अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसरा अब त्यहाँ काम गरेवापत्त ज्यालाका रूपमा गहुँ दिने गरिएको छ ।

यसको जानकारी तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिद आइतबार दक्षिणी काबुलमा भए साक्षात्कारमा दिएका हुन् ।

मुजाहिदका अनुसार अफगानिस्तानका सबै ठूला शहरहरुमा यो योजना लागु हुन्छ । उनका अनुसार राजधानी काबुलमा मात्रै ४० हजार मानिसहरुले रोजगार पाउने छन् ।

प्रवत्ता मुजाहिदले बेरोजगारी समस्या समाधानका लागि यो योजना ठूलो हतियार साबित हुने विश्वास लिएका छन् । तर त्यस योजनाको लाभ उठाउनका लागि काम गर्नु पर्नेछ ।

युद्धका कारण अफगानिस्तान पहिलेदेखि नै गरीबी, सुख्खा, बेरोजगारी, भोकमरी, बिजुली अभावसहित धेरै खालका समस्याहरुसँग लड्दैछ ।

तालिबान सरकारलाई विश्वले मान्यता नदिएपछि आजका दिनमा आर्थिक संकट पनि अफगानिस्तानको गम्भीर समस्या हो । खानका लागि काम योजनाको लाभ पहिलेदेखि काम गरिरहेकाहरुले पाउने छैनन् ।

यसको लाभ ति व्यक्तिहरुले लिन सक्छन्, जो बेरोजगार र भोकमरीजस्तो समस्याबाट ग्रस्त छन् । योजनानुसार काबुलमा ११ हजार ६०० टन गहुँ बाड्ने तयारी छ ।

जबकि हेरात, जलालाबाद, कान्धार, मजार ए शरीफ र पुल–ए–खुमरीमा ५५ हजार टन गहुँ वितरण गरिनेछ । ति मजदुरहरुले काबुलमा पानीको समस्यासँग लड्न एक केनाल बनाउने छन् ।

तालिबान सरकारका कृषिमन्त्री अब्दुल रहमान रशीद र काबुलका मेयर हमदुल्लाह नोमानी ने गुलाबी रिबन काटेर योजनाको उद्घाटन गरेका हुन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु