काठमाडौं । नेपालमा वकिलहरुले देखाएको व्यवहारले सबैलाई हैरान पारेको छ ।

नेपाल बार एशोसिएसन परिसरमा दुई जना कानूनी व्यवसायीबीच हात हालाहाल भएको हो ।

शुक्रबार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा हात हालाहाल भएको जानकारी दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेको समयमा यस्तो घटना घटेको हो । जानकारी अनुसार सोही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको हो ।

कानूनी व्यवसायीहरुका अनुसार अधिवक्ता चुडालले सबै वकिल धनी हुँदैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो भनेर गुनासो गरेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुर्व्यवहार गरेका हुन् ।

प्रधानन्यायाधीशले किन राजीनामा दिने भन्दै उनले कोट तानेको त्यहाँ उपस्थित वकिलहरुले जानकारी दिएका छन् ।

चुडालले कानूनी बाटोबाट न्याय खोज्ने बताए पनि न्यौपानेले सामान्य विवादको संज्ञा दिदैं कुरा मिलिसकेको प्रतिकृया दिएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु