काठमाडौं । संघीय संसदका दुवै सदनको चालू अधिवेशन अन्त्य भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गर्नुभएको हो ।

शुक्रबार संघीय संसदका महासचिव डा.भरतराज गौतमले एक विज्ञप्ति जारी गर्दै कात्तिक २९ गतेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अन्त्य भएको जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु