काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारी जग्गा खाने दलालहरुलाई आफूले मात्र तह लगाएको दावी गर्नुभएको छ ।

उहाँले राष्ट्रको सम्पत्ति दोहन गर्नेहरुलाई कसैलाईपनि नछोडेका कारण आफू तारो बनेको उहाँको भनाई छ ।

पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहान्छमा प्रधानन्यायाधीश जबराले विगतमा हेर्ने हो भने कयौ सरकारी जग्गा खाने दलालहरुको बिरुद्धमा आफूले फैसला गरेको दावी गर्नुभयो ।

उहाँले विगतका मुद्धा केलाउने हो भने म नै यस्तो न्यायाधीश हो मैले थुप्रै सरकारी सम्पत्ति सुरक्षण गरेको छु । ठूला करदाताको मुद्धापनि हेर्नुभयो भने मैले राज्य र जनताको पक्षमा फैसला गरेको छु उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो मन्त्रीहरुको गैर संवैधानिक नियुक्ति, गिट्टी बालुवा उत्खननमा भएका गलत कार्य, संविधान विघटन सहितका मुद्धाहरुमा समेत आफूले जनताको पक्षमा फैसला गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो जनताको पक्षमा उभिएका कारण नै म सबैको तारो बनेको हो । तर म संवैधानिक प्रक्रियाबाट आएको हुँ । म कुनै हालतमा राजीनामा दिन्न । म संवैधानिक प्रक्रियाबाट नै जान भने तयार छु तर राजनीतिक दलहरुले त्यो गर्नुहुन्न भन्नेमा म तयार छु ।

सम्बन्धित खबरहरु