काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेको नियुक्तिको सिफारिश खारेज हुन नसक्ने ठोकुवा गर्नुभएको छ ।

पत्रकार ऋषि धमलाको कार्यक्रम जनता जान्न चाहान्छमा उहाँले आफूले कुनै भाग नखोजी संवैधानिक तरिकाले नियुक्ति सिफारिश भएका कारण त्यो खारेज नहुने दावी गर्नुभयो ।

उहाँले संवैधानिक परिषद् सम्बन्धी त्यसबेला ल्याएको अध्यादेश संवैधानिक हो की हैन भन्ने प्रश्नपनि अदालतमा विचाराधिन रहेको र नियुक्ति सिफारिशपनि असंवैधानिक भएका कारण खारेजीका माग अदालतमा विचाराधिन रहेकाले त्यो चाँडै फैसला हुने उहाँको भनाई छ ।

यसअघि संसद विघटनकै मुद्धाले संवैधानिक इजलास व्यस्त भएकाले अब भने अदालतले उक्त संवेदनशील विषयमा फैसला नजिक रहेको बताउनुभयो ।

पत्रकार धमलाको प्रश्नमा तपाईले त त्यो नियुक्तिमा भाग खोज्नुभयो भन्ने आरोप लाग्यो नी ? उहाँले भन्नुभयो संवैधानिक परिषद्मा प्रधानमन्त्री अध्यक्ष र उहाँपछि बरिष्ठ सदस्य म प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ ।

म बरिष्ठ सदस्यको हैसियतले बैठकमा गएको हो । त्यहाँ मेरा मान्छे हैन । म बरिष्ठ सदस्य भएका नाताले यी व्यक्ति सक्षम छन् भनेर केही नामावली दिएको हो । यो मेरो संवैधानिक जिम्मेवारी हो ।

त्यसपछि धमलाले सोध्नुभयो तपाई बैठकमा जानु हुँदैन भन्दा भन्दै जानु भो नी ? हो म यो देशको संविधान मान्ने सर्वोच्च निकायको सुप्रिमो हो । म कसैको राजनीतिक दाउपेचमा बस्न हुँदैन ।

कुनै दलले जानुहुँदैन र कुनैले जानु पर्छ भन्दैमा म नजाने वा जाने हैन । म संविधानले दिएअनुसार संवैधानिक परिषद्को बरिष्ठ सदस्य हो यसैले म जानै पर्दथ्यो । त्यही भएर म गएको हो । उहाँले सोही कार्यक्रममा सरकारी जग्गा खाने दलालहरुलाई आफूले मात्र तह लगाएको दावी गर्नुभएको छ ।

उहाँले राष्ट्रको सम्पत्ति दोहन गर्नेहरुलाई कसैलाईपनि नछोडेका कारण आफू तारो बनेको उहाँको भनाई छ । प्रधानन्यायाधीश जबराले विगतमा हेर्ने हो भने कयौ सरकारी जग्गा खाने दलालहरुको बिरुद्धमा आफूले फैसला गरेको दावी गर्नुभयो ।

उहाँले विगतका मुद्धा केलाउने हो भने म नै यस्तो न्यायाधीश हो मैले थुप्रै सरकारी सम्पत्ति सुरक्षण गरेको छु । ठूला करदाताको मुद्धापनि हेर्नुभयो भने मैले राज्य र जनताको पक्षमा फैसला गरेको छु उहाँले भन्नुभयो ।

उहाँले थप्नुभयो मन्त्रीहरुको गैर संवैधानिक नियुक्ति, गिट्टी बालुवा उत्खननमा भएका गलत कार्य, संविधान विघटन सहितका मुद्धाहरुमा समेत आफूले जनताको पक्षमा फैसला गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो जनताको पक्षमा उभिएका कारण नै म सबैको तारो बनेको हो । तर म संवैधानिक प्रक्रियाबाट आएको हुँ । म कुनै हालतमा राजीनामा दिन्न । म संवैधानिक प्रक्रियाबाट नै जान भने तयार छु तर राजनीतिक दलहरुले त्यो गर्नुहुन्न भन्नेमा म तयार छु ।

सम्बन्धित खबरहरु