जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायालयमा देखिएको विवादबारे गठबन्धनले चाँडै सामूहिक धारणा बनाउने दावी गर्नुभएको छ ।

यसबारेमा एक–दुई दिनभित्रै गठबन्धनको बैठक बस्ने उहाँको दावी छ । उहाँले प्रधानन्यायाधीश र न्यायाधीशलाई के गर्ने भन्ने बारे अनौपचारिक छलफल चलिरहेको तर अब चाँडै निर्णय लिने बताउनुभएको हो ।

स्मरण रहोस् केही दिन अघि मात्र न्यायालयको विवाद चर्किरहेका बेला पूर्व प्रधानमन्त्री समेत रहनुभएको अध्यक्ष प्रचण्ड र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जबराबीच भेटवार्ता भएको छ । उक्त कुराको पुष्टी स्वयं जबराले गरिसक्नुभएको छ ।

जनकपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिले गठबन्धनका कोही नेता यता, कोही उता रहेकाले एकत्रित भएर न्यायालयको विवादबारे सामूहिक धारणा बनाउने बताउनुभयो । ‘न्यायालयको विवाद समाधान गर्न काठमाडौं केन्द्रित भएर हामी बैठक बसेर सामूहिक धारणा बनाउँछौं,’ उहाँले भन्नुभयो ।

गठबन्धनमा अहिले कुनै विवाद नभएको र ठीक ढंगले अघि बढिरहेको प्रचण्डले दाबी छ । ‘पार्टीले आ–आफ्नो प्रभाव विस्तार गर्न खोज्नु स्वभाविक हो’ उहाँले भन्नुभयो, ‘तर गठबन्धनमा कुनै विवाद छैन् ।’

सम्बन्धित खबरहरु