काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगको कार्यालयले लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको छ । जारी सूचना अनुसार (खुल्ला प्रतियोगिता) ले नतिजा प्रकाशनबारे सूचना जारी गरेको हो ।

आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘त्रि.वि.सेवा आयोगको कार्यालयबाट २०७८ श्रावण महिनामा सञ्चालित खुल्ला प्रतियोगिता अन्तर्गत विज्ञापन नं. २०५१।०७७।०७८ प्राविधिक अधिकृत (सूचना प्रविधि) र विज्ञापन नं. २०५२।०७७।०७८ मूख्य प्राविधिक सहायक (सूचना प्रविधि) पदको लिखित परीक्षाको नतिजा आयोगको निर्णय बमोजिम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

प्रयोगात्मक परीक्षा २०७८ कार्तिक २७ गते बिहान ११ः०० बजे देखि सूचना तथा सञ्चार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकमा सञ्चालन हुनेछ ।’.

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु