काठमाडौ । माता महाकालीको रुपमा सुपरिचित माताले देश र विश्वजगतको बारेमा भविष्यवाणी गर्नुभएको छ ।

साक्षत माता महाकाली शरीरमा आएर बोल्नुभएको र उहाँको वाणीको रुपमा आवाज मात्र आफ्नो भएको दावी गर्ने यहाँले अब नेपालमा फेरी राजनीतिक उथलपुथल आउने दावी गर्नुभएको छ ।

उहाँले अब चाँडै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने दावी गर्नुभएको छ । माता (आमा) ले देउवाको सत्ताको आयु छोटो छ भन्नुभएको छ फेरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वा पूर्व राजा ज्ञानेन्द्र शाहका नाती ह्दयन्द्र शाह आउने आदेश माता महाकालीको रहेको उहाँको दावी छ ।

केही समयका लागि ओली नै आउँनुहुन्छ । ओली शक्तिमा रहँदै गर्दा उहाँसँगै राजा ज्ञानेन्द्रका नाती आउने योग रहेको माताको आदेश रहेको उहाँबाछ आवाज निस्किएको छ ।

यति मात्र हैन उहाँले नेपाल हिन्दु राष्ट्रको रुपमा चाँडै फर्किने दावी गर्नुभएको छ । हिन्दु धर्म मास्ने काम भएकाले यति मात्र नभएर नेपालमा अझै ठूलो प्राकृतिक विपत्ति आउने, रोग व्याधीले सताउने उहाँको दावी छ ।

तर त्यो हुन नदिन केही सज्जनले हिन्दु धर्मको रक्षा गर्ने र देशलाई नै हिन्दु राज्य घोषणा गर्ने उहाँको ठोकुवा छ ।

उहाँले नेपालको सिन्धुपाल्चोकमा साक्षत माता महाकालीको मुर्ती र सत्ययुग (देवी कालिन) कै खड्ग पत्ता लगाउनुभएको छ । जमिन मुनिका उक्त पत्थर काठमाडौमा बसेर भविष्यवाणी गर्दा उत्खननपछि सोही फेला परेपछि उहाँप्रतिको विश्वास बढ्दै गएको हो । उहाँको पूजा र वाणी सुन्नका लागि दैनिक सयौँ भक्तजनहरु उहाँको आश्रम आउन थालेका थाल्नुभएको छ । सबै जानकारी भिडियोबाट लिनुहोस्

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु