काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अवसर पाएर पनि काम गर्न नसक्ने नेतृत्वलाई पदमा दोहर्याउन नहुने बताउनुभएको छ ।

नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा रक्तदान कार्यक्रमा बौल्दै नेता सिंहले अवशर पाउँदा पनि काम नगर्ने नेतृत्व दोहर्याए पार्टीलाई झनै क्षति हुने दावी गर्नुभएको हो ।

उहाँले १३ औं महाधिवेशनपछि नेतृत्व पाएकाले जिम्मेवारी पुरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको स्पष्ट पार्नुभयो । पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पुरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था झनै बिग्रने उहाँको भनाई थियो ।

साथै नेता सिंहले अझै पनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताउँदै विधी र नियमपूर्वक समाधान गर्नुपर्ने धारणा राख्नुभयो । १४ औं महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने उहाँको भनाई थियो । अर्को प्रसंगमा उहाँले न्यायालयमा देखिएको समस्या संविधानको मर्म र भावना अनुसार नै समाधान गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

नेता सिंहले केही जिल्लामा अझै क्रियाशील सदस्यता विवाद कायमै रहेको भन्दै विधि र नियमपुर्वक समाधान गर्नुपर्नेमा जोड समेत दिनुभयो । साथै उहाँले मुख्य चाडपर्वको मुख्यमा सरकारले ग्याँस र डिजेल लगाएतमा मुल्य बृद्धि गरेर गल्ति गरेको समेत बताउनुभयो ।

समारोहमा युवा नेता एबम् नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समतिका सभापति बाबुराम आचार्यले नेपाली काँग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने र काँग्रेसमा भएको गुटबनदी अन्त्य नभए काँग्रेस बलियो नहुने दावी गर्नुभयो । उहाँले गुटबन्दी हटाउँदै काँग्रेस बलियो बनाउने अभियानमा लाग्न नेता प्रकाशमान सिंहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले बीर गणेशमानका छोरासमेत रहनुभएका नेता प्रकाशमान सिंह काठमाडौंका नेता मात्र नभएर देशकै नेता भएकोले उहाँलाई त्यहीअनुसार अगाडी बढे प्रदेश नम्बर १ का काँग्रेस नेता कार्यकर्ताले नेतृत्वका लागि खुलेर सहयोग गर्न तयार रहने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा साँसद दीपेन्द्र श्रेष्ठ, राजेन्द्र गुरुङ, क्षेत्रीय सभापति प्रकामशबिक्रम राणालगायतका नेताहरुको उपस्थिति थियो । उक्त अवशरमा शुभकामना आदान–प्रदानसँगै परोपकारी कार्य रक्तदान समेत गरिएको थियो ।

 

सम्बन्धित खबरहरु