बेइजिङ, (सिन्ह्वा) । चीनमा फेरी ह्वात्तै स्थानीय रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिएको रिपोर्ट आएको छ ।

आजको अपेडट अनुसार चिनियाँ मेनल्याण्डमा शनिबार मात्र ४८ नयाँ स्थानीय रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रिपोर्ट गरिएको छ ।

आज परीक्षणलाई व्यापक पारिएको छ । त्यो संख्या आज ह्वात्तै बढ्ने अनुमान गरिएको राष्ट्रिय स्वास्थ्य आयोगले आइतबार आफ्नो दैनिक प्रतिवेदनमा जनाएको छ ।

नयाँ स्थानीय मामिलाहरूमध्ये हेइलोङजियाङमा १९, इनर मङ्गोलियामा १०, गान्सुमा ९, शान्डोङ र निङ्शियामा तीन–तीन, युनानमा दुई र बेइजिङ र जियाङ्सीमा एक–एक जनामा सङ्क्रमण देखिएको आयोगले जनाएको छ ।

शनिबार पनि २३ नयाँ आयातित केसहरू देखियो, जसमा ६ जनामा पहिले रिपोर्ट गरिएको एसिम्प्टोमेटिक क्यारियरहरू समावेश छन्, रिपोर्टमा भनिएको छ ।

मेनल्याण्ड बाहिरबाट आएका तीन नयाँ संकास्पद केसहरू सांघाईमा रिपोर्ट गरिएको थियो र शनिबार कोभिड – १९ बाट कुनै नयाँ मृत्यु रिपोर्ट गरिएको थिएन । अब भने जोखिम हुनसक्ने भन्दै त्यहाँ उच्च सर्तकता अपनाइएको छ ।

सम्बन्धित खबरहरु