धनगढी । डेल्धुरामा बस दुुर्घटना हुुँदा १० जना घाइते भएका छन् ।

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको ना८ख ६१३२ नम्बरको बस डडेल्धुराको आलितालगाउँपालिका–१ मा दुुर्घटना हुुँदा १० जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बामदेव गौतमले घाइतेहरूलाई उपचारका लागि धनगढी ल्याइएको जानकारी दिनुभयो । उहाँकाअनुसार बसमा ३२ जना सवार थिए ।

सडकबाट करिब १५० मिटर तल खसेको बसको दुुर्घटनाको कारण भने खुुलेको छैन । दुुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यति ठूलो दुर्घटना हुँदापनि मानवीय क्षति भने कम भएको छ ।

पछिल्लो समय सडक दुर्घटना बढी रहेका छन् । चाडपर्वको समय नजिकिदै गर्दा यात्रुहरुको चाप बढी हुने । सवारी साधनलाई मर्मत वा हेरविचार नगरी चलाउने, बाटोहरु बिग्रिने भएका कारण दुर्घटना बढिरहेका हुन्छन् । सवारीको क्षमताभन्दा बढी यात्रु देखिएमा तपाईहरु त्यो सवारीमा नचढ्नुहोस् ।

सम्बन्धित खबरहरु