काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन शुरु गरेको छ । आज पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।

यो आन्दोलनलाई साथ दिन नेपालका पूर्व हस्तिहरुले समेत सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बार एशोसिएसनको कार्यालय परिसरमा पुगेका छन् ।

प्रदर्शनमा पूर्वसभामुख दमननाथ ढुंगानादेखि पूर्व सांसद तथा बरिष्ठ वामपन्थी नेता कमल कोइरालासम्म सहभागी भएको देखिन्छ । बारको आन्दोलनको अग्रभागमा पूर्वअध्यक्षहरु उभिनुभयो भने त्यसपछि क्रमश अरु देखिनुभयो ।

बारको आन्दोलनमा मुलतः सत्ता गठबन्धन आबद्ध वकिलहरू सहभागी भएको देखिन्छ । एमाले समर्थित वकिलले प्रधानन्यायाधीशको मात्र होइन परमादेश जारी गर्ने पाँचै न्यायाधीशको राजीनामा माग राख्दै छुट्टै आन्दोलनको तयारी गरिरहेका छन् ।

बारबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा हुनुभयो । माथी प्रधानन्यायाधीश तल वकिलहरुको आन्दोलन निक्कै रोचक र परिस्थितीजन्य छ ।

सम्बन्धित खबरहरु