काठमाडौ । वकिलहरुलाई विद्वान मित्र भनिन्छ । बारका प्रतिनिधिहरु अदालतका साथी हुन् । ‘एमिकस क्यूरी’ भनेको अदालतको साथी हो ।

अदालतलाई साथ चाहिएमा अदालतले बार मार्फत अदालतको साथी पठाउन आग्रह गर्दछ । उनै विद्वान मित्रहरुले अहिले तमासा देखाइरहनुभएको छ । त्यो आजको दृष्यलेपनि प्रष्ट हुन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेको छ ।

त्यहाँ सत्तापक्षका राजनीतिक दलहरुसँग आवद्ध वकिलहरु मात्र सहभागी भएको देखियो । विपक्षी दलका वकिलहरुले भने परमादेश दिने सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले छुट्टै आन्दोलनको तयारी गरेका छन् । तर बार एशोसियसनले आजदेखि हातमा कालोपट्टी बाँधेर शुरु गरेको आन्दोलनलाई कानून व्यवसायीहरूले नै काउन्टर दिएको देखियो । यसले विद्वान मित्रहरु नै विभाजित हुनुहुन्छ भन्ने प्रष्ट देखिन्छ ।

नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको देखियो । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।

उहाँहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाउनुभएको छ । उहाँहरुबिरुद्ध रिट समेत दायर गरिएको छ ।

सम्बन्धित खबरहरु