काठमाडौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वावियु निर्वाचन कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्वावियु निर्वाचन तालिका माग गरेको हो ।

त्यस्तै अखिलले चिकित्सा शास्त्र अध्ययन सस्थान महराजगंजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी लिने गरी गरेको निर्णय फिर्ता गर्न पनि माग गरेको छ ।

‘त्रिभूवन विश्व विद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गरियोस्’, ज्ञापन पत्रमा भनिएको छ, ‘सक्षम प्राध्यापकबिना स्तरीय पठनपाठन र अनुसन्धान हुन नसक्ने भएकोले प्रतिस्पर्धाबाट छनोट गर्ने एक मात्र पद्धती अबलम्बन गरियोस् ।’

विश्वविद्यालयको शैक्षिक क्यालेन्डर अनुसारको शैक्षिक सत्र आरम्भ, परीक्षा सञ्चालन र नतिजा प्रकाशन समयमै गर्न पनि अखिलले माग गरेको छ । अखिल रहेसम्म विद्यार्थीलाई मर्का पर्न नदिने अखिल अध्यक्ष सुनिता बरालको दावी छ ।

अखिलले बुझाएको ज्ञापन पत्रका अरु मागहरु यस्तो छ–

  • मौका परिक्षाको प्रतीक्षामा रहेका विद्यार्थीहरुको हितलाई मध्यनजर गर्दै सबै तहका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरियोस् ।
  • कोभिड १९ महमारीको समयमा विद्यार्थीहरुबाट लिएका सम्पूर्ण शुल्क फिर्ता गरियोस् ।
  • राष्ट्रिय आवश्यकताअनुसारको प्रविधिमैत्री शिक्षामा जोड दिँदै सोही अनुरुपको भौतिक पूर्वाधार र अन्य संरचना निमार्णमा विशेष ध्यान दिईयोस् ।
  • विश्व विद्यालयका अनाधिकृत रुपमा प्रयोग भइरहेका भौतिक संरचना एवं सम्पूर्ण सम्पतीहरुको पहिचान गरी अविलम्ब आफ्नो मातहतमा ल्याइ शैक्षिक विकासको लागि प्रयोग गरियोस् ।
  • पिछडिएको क्षेत्र, द्वन्द्वपीडित, उत्पीडित, महिला र विपन्न समुदायका विद्यार्थीहरुलाई विशेष छात्रावृत्तिको व्यवस्था गरी विश्वविद्यालय शिक्षामा समुदायको पहुँच वृद्धि गरियोस् ।
  • देशभरीका क्याम्पसका छात्रावासहरुको मर्मत संभार एवं अत्याधुनिक प्रविधिसहित निर्माण गरी सञ्चालन गरियोस् ।
  • सम्बन्धन प्राप्त आंगिक, सामुदायिक र निजी शैक्षिक सस्थाहरुमा नियमित अनुगमन गरी वैज्ञानिक शुल्क निर्धाण गरी कार्यान्वय गरियोस् ।
  • पाठ्यक्रमलाई सयमअनुसार परिमार्जन गर्दै लगियोस् ।

सम्बन्धित खबरहरु