धनगढी । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

भजनी नगरपालिका–३ ढुसीका नरेन्द्र निसादका १३ वर्षीय छोरा धनन्जय र सोही ठाउँका लायकराम चौधरीका १० वर्षीया छोरा अरवीन्द्र चौधरीको काँडा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

शनिबार नदीमा नुहाउने क्रममा उहाँहरु डुबेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा उहाँहरुको लास बाहिर निकालेको थियो । परीक्षणका लागि अहिले अस्पताल पठाइउको छ । सुदुरपश्चिममा डुबेर मृत्यु हुनेको संख्या उच्च छ ।

चोरीपैठारीको लत्तापडासहित सशस्त्र प्रहरीद्धारा एक जना पक्राउ
काठमाडौ । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट कार्तिक १३ गते सशस्त्र प्रहरीले करीव २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडासहित सोही ठाउँ बस्ने ४३ बर्षिय रामप्रित यादवलाई पक्राउ गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडासहित उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नवराजपुरबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

सम्बन्धित खबरहरु