काठमाडौँ । बैकहरुबाट सबै सावधान हुन जरुरी छ । होसियार र चनाखो भएन भने दुख गरेर कमाएर बैकमा राखेको रकम थाहै नपाई चोरी हुनेछ ।

यसैले बेला बेला रकम हेरिराख्नुहोला । ग्राहकको किर्ते हस्ताक्षर गरी ग्राहकको खाताबाट रकम निकालेको अभियोगमा सेन्चुरी कमर्सियल बैंक लिमिटेडका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि यो तथ्यको खुलासा भएको हो ।

पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा गरेर २७ लाख रुपैयाँ झिकेका केशब राईलाई अन्तत प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले इटहरी ४ स्थत तुलसा टोलबाट पक्राउ गरेको हो ।

घटनाको तथ्य बाहिर आएपछि बैंकले उनलाई बर्खास्त गरेको थियो भने त्यसपछि उनी फरार थिए । तर अन्ततः प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको छ ।

३३ वर्षीय राईले सेन्चुरी कमर्सियल बैंक शाखा कार्यालय चतराको सहायक पदमा कार्यरत हुँदा ग्राहकको पैसा निकाली अपचलन गरेका थिए ।

पार्वती बिष्टको खातामा रहेको रकम किर्ते हस्ताक्षर गरी विभिन्न समयमा लाखौँ रकम चोरी गरेको पुष्टी भएपछी उनीविरुद्ध प्रहरीमा उजुरी परेको थियो । उजुरीपछि उच्च अदालत बिराटनगरले उनीविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । तर पक्राउ पूर्जी जारी भएपछी उनी फरार थिए । यस प्रकरणमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु