सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् ।

जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई करणी गरेको आरोपमा पक्राउ गरेहो हो ।

डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर करणी गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ ।

कोठामा आएर इच्छाविपरित करणी गरेको भनी महिलाको छिमेकीबाट प्रहरीमा आएको खबरका आधारमा थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

थापामाथि म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यद्यपी पूर्व श्रीमतीले भने यो विषयमा उजुरी दिएकी छैनन् । छिमेकी कै उजुरीका आधारमा पक्राउ गरिएको हो ।

यो खबर बाहिर आएपछि सामाजिक प्रतिक्रिया भने विचित्रको आएको छ । जाँतोलाई भन्दा विँडलाई खसखस, अति भयो जस्ता प्रतिक्रिया आइरहेका छन् । यता कानूनमा भने स्पष्ट लेखिएको छ । इच्छा विपरित आफ्नै श्रीमतीबीचको सम्बन्ध त करणी हुन्छ भने डिभोर्स गरिसकेकी श्रीमतीसँगको सम्बन्ध करणी नै भन्छ ।

सम्बन्धित खबरहरु