काठमाडौ । कञ्चनपुरमा चार वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

बालिकामाथि करणी गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका वडा १६ परखेडी बस्ने ५० वर्षीय करन सिंहलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले शनिबार राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। करनले मादक पदार्थ सेवन गरी ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्रहरीले पाएको थियो।

सो खबर पाएपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र आस्थाई प्रहरी बिट मझगाउँबाट प्रहरी खटिएको थियो। त्यस टोलीले करनलाई पक्राउ गरेको थियो। प्रहरीले घटना सम्बन्धी थप अनुसन्धान अघि बढाएको छ। उसले ललाई फकाई घरमा पुर्याएर करणी गरेको स्थानीयले देखेका थिए । त्यसपछि पक्रिएर स्थानीयले प्रहरीलाई खबर गरे । लगत्तै आएको प्रहरीले उसलाई नियन्त्रणमा लियो ।

सम्बन्धित खबरहरु