एजेन्सी । बलिउडमा केही दिनयता कलाकारहरुको बिहेको खबरले चर्चा पाइरहेको छ ।

रणवीर कपुर र आलिया भट्ट, कट्रिना कैफ र विक्की कौशलको बिहेको चर्चा चलिरहेको छ । यसैविच, अर्को एक जोडीको बिहे चर्चा पनि सुरु भएको छ ।

बलिउड नायक राजकुमार राव र कलाकार पत्रलेखाविच चाडै नै बिहे बन्धनमा बाँधिन लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनीहरु तिहारपछि बिहेको तयारीमा लागेको मिडिया रिपोर्टमा उल्लेख छ । राजकुमार र पत्रलेखा नोभेम्बर १० देखि १२ तारिखसम्म बिहेको तयारी गरिरहेका छन् ।

उनीहरुले यो बिषयमा आफ्ना नजिकका साथीहरुलाई जानकारी समेत दिइसकेका छन् । राजकुमार र पत्रलेखाले एक अर्कालाई लामो समयदेखि डेट गरिरहेका छन् ।

उनीहरु लिभ इन रिलेशनसिपमा छन् । यता रणवीर कपुर र आलिया भट्टपनि विवाहको तयारीमा जुटेको खबर आएको छ । उनीहरु एक अर्काका घरमा विवाहको चटारो शुरु भइसकेको विवाह मिति भने सार्वजनिक नगरिएको बताइएको छ ।

उता कट्रिना कैफ र विक्की कौशलबीचपनि प्रेम सम्बन्ध धेरै पहिलेको हो । उनीहरुपनि यही बर्ष विवाहको तयारीमा छन् । एक अर्का दैनिक जसो विवाहकै तयारीमा जुटिरहेको भारतिय सञ्चार माध्यमको दावी छ ।

 

सम्बन्धित खबरहरु