काठमाडौं । एनएमबि बैंक लिमिटेडवालाहरु मालामाल भएका छन् । बैकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई १५.८५ लाभांश दिने भएको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १२.५५ बोनस सेयर र कर प्रयोजनसहित ३.३५ नगद लाभांश दिने भएको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ पुग्नेछ ।

एनएमबि बैंकका ग्राहकहरूले पनि मेरो शेयर खाता मार्फत शेयरको कारोबार गर्न सक्नुहुन्छ । एनएमबि बैंक अमेरिकी डलरमा ऋण ल्याउने पहिलो बैंक हो ।

सेयर बजार ५५ अंकले बढ्यो, ९ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि

आइतबार सेयर बजारको परिसूचक नेप्से ५५ अंकले बढेको छ । ५५.५० अंकले बढेसँगै परिसूचक २८३७ अंकमा पुगेको छ । यस दिन कारोबार रकम पनि बढेको छ । ७ अर्ब ८२ करोड रुपैयाँको सेयर किनबेच भयो ।

बैंकिङ उपसमूह करिब ३ अंकले घट्यो भने अरु सबै उपसमूह बढेका छन् । ब्यापार १८६, होटल तथा पर्यटन १७३, विकास बैंक ३३८, जलविद्युत १६६, फाइनान्स ९२, निर्जीवन बीमा ६०३, उत्पादन ३१९, अन्य २, माइक्रोफाइनान्स १४२, जीवन बीमा २३० र लगानी समूह २ अंकले बढे ।

यस दिन ९ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड इन्स्योरेन्स, लुम्बिनी विकास बैंक, सामुदायिक लघुवित्त, पाँचथर पावर, हिमालय उर्जा, चन्द्रागिरि हिल्सको मूल्य १० प्रतिशतले बढ्यो ।

साहस उर्जा, रैराङ हाइड्रो र कामना सेवा विकास बैंकको मूल्य ९.९ प्रतिशतले बढ्यो । हालै सूचीकृत साहज उर्जाको मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ ८० पैसा पुगेको छ । यस दिन समग्रमा १६२ कम्पनीको मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घट्यो । २ कम्पनीको मूल्य स्थिर रह्यो ।

सम्बन्धित खबरहरु