काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गरेकोमा अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले असन्तुष्टी जनाएको छ ।

एमसीसी मुख्यालयले संसदले एमसीसी पारित नभई अधिवेशन अन्त्य गरेको भन्दै असन्तुष्टी जनाएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा संसदका दुवै अधिवेशन अन्त्य गर्नुभएको थियो ।

गत सेप्टेम्बरमा एमसीसीका वरिष्ठ प्रतिनिधिमण्डलको टोली नेपाल भ्रमणमा आउँदा सरकारले एमसीसी पारित गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयन नगरेको एमसीसीले जनाएको छ ।

सदनबाट एमसीसी पारित नहुँदा लाखौं नेपाली घरपरिवारलाई सुविधा पाउनबाट बञ्चित रहेको बताउदै गठबन्धनका नेताहरूले कम्प्याक्टलाई अनुमोदन गर्न आवश्यक ठानेपनि नेपालको कानुन आवश्यक रहेको एमसीसीले जनाएको छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट ५० करोड डलर अनुदान आर्थिक वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्न अमेरिका र नेपालबीचको बलियो साझेदारीको निरन्तरता रहेको एमसीसीले जनाएको छ ।

सम्बन्धित खबरहरु