काठमाडौं । दुबईमा जारी टी २० विश्वकप प्रतियोगिता अन्तर्गत आज भारत र न्यूजिल्याण्डबीच प्रतिष्पर्धा भइरहेको छ । भारतका लागि न्यूजिल्याण्डपनि मुस्किल सावित भएको छ ।

निर्धारित २० ओभरको खेलमा भारतले १० ओभर एक बल खेलिसकेको छ । यो अवधिमा अति झिनो रन ४८ जोडेको छ भने ४ वीकेट गुमाइसकेको छ । टस जितेर ब्याटिङ्ग रोजेको न्यूजिल्याण्डको खेल उत्कृष्ट छ ।

यसअघि पाकिस्तानसँग हारेको भारतका लागि आजको खेल निर्णायक हुने छ । न्यूजिल्याण्डसँग पराजित भएमा भारत विश्वकपको माथिल्लो चरणमा उक्लिने छैन ।

दुबईमा राती सात बजेर ४५ मिनेटमा शुरु भएको खेल न्यूजिल्याण्डका लागि पनि अगाडि उक्लिन महत्वपूर्ण छ । न्यूजिल्याण्ड पनि पाकिस्तानसँग नै पराजित भएको थियो ।

भारत यसअघि पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । भारतका कप्तान विराट कोहलीले अघिल्लो खेलमा गरेको गल्ती सुधार गर्ने बताएपनि त्यो देखिएको छैन ।

पाकिस्तानसँग चुकेको क्षेत्र भारतलाई थाहा भइसकेको कोहलीले न्युज एजेन्सी रोयर्टसलाई बताएका थिए । उनले भारतले पाकिस्तानलाई हल्का रूपमा लिएको भन्ने आरोप भने अस्वीकार गरेका छन्।

अहिलेको स्थितिमा भारत र न्युजिल्यान्ड दुवैका लागि आजको खेल ‘मर वा गर’ जस्तै छ। किनभने दुवै टिमले आफ्नो पहिलो खेल पाकिस्तानसँग हारिसकेका छन्। अब दुवै टिमका लागि आजको खेलमा जित हात पारे सेमिफाइनल सम्भावना बलियो हुनेछ।

सुपर १२ को समूह–२ मा पाकिस्तान, न्युजिल्यान्ड, भारत, नामिबिया, स्कटल्यान्ड र अफगानिस्तान छन्।

पाकिस्तानले भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराउँदै लगातार तीन जित निकालेको छ। ६ अंक जोडेर शीर्ष स्थानमा रहेको पाकिस्तान सेमिफाइनल नजिक छ।

यो अवस्थामा पाकिस्तानबाहेक बाँकी पाँच मध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ। बलियो मानिएका भारत र न्युजिल्यान्डलाई सेमिफाइनल पुग्न एकअर्काबीचको भिडन्तमा जित निकाल्न जरुरी छ।

भारत र न्युजिल्यान्डले अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्न बाँकी भए पनि सबैको नजर आज भारत र न्युजिल्यान्डबीचकै खेलमा रहेको छ। किनभने आजको खेलमा जित हात पार्ने टिम अन्तिम चारमा पुग्ने सम्भावना बढि छ।

खेलमा जे पनि सम्भव हुने हुँदा भारत र न्युजिल्यान्डबाहेक अर्को टिम पनि सेमिफाइनल पुग्ने सम्भावनालाई भने नकार्न सकिदैन। अफगानिस्तानले पाकिस्तानलाई कडा टक्कर दिएको थियो। जित निकाल्न पाकिस्तानलाई अन्तिम बलसम्म कुर्न परेको थियो। त्यसैले भारत र न्युजिल्यान्डका लागि अफगानिस्तान चुनौती बन्न सक्छ।

भारत र न्युजिल्यान्डबीचको इतिहास हेर्ने हो भने भारतको रेकर्ड राम्रो छैन। विश्वकपमा भारतले न्युजिल्यान्डविरुद्ध सन् २००३ देखि जित निकाल्न सकेको छैन। २००७ देखि २०१६ सम्मको टी–२० विश्वकपमा न्युजिल्यान्डले भारतविरूद्ध खेलेका सबै खेलमा जित हात पारेको छ।

सन् २०१९ को ओडिआई विश्वकपको सेमिफाइनलमा र २०२१ को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पनि भारतलाई न्युजिल्यान्डले हराएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु