काठमाडौं । यो समयपनि लगानी गर्ने उपयुक्त समय हो । त्यसमापनि अझ उत्कृष्ट अवशर आइरहेको छ । पैसा ठिक्क पार्नुहोस् । हाथवे इन्भेष्टमेन्ट नेपालले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्ति गरेको छ ।

कम्पनीली सर्वसाधारणलाई प्रतिकित्ता ५० रुपैयाँमा आईपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्ति गरेको हो ।

आइतवार कम्पनीका तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले कुल १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । यो केही समयमा नै बढ्ने अनुमान गर्न सकिन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु