काठमाडौ । त्रिभुवन विश्वविद्यालयले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै सूचना प्रकाशित गरेर नतिजा सार्वजनिक गरेको हो ।

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा २०७७ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फको नतिजा प्रकाशित भएको हो ।

मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फको स्नातकोत्तर तह (एमए) प्रथम बर्ष (२०७६) को परीक्षा प्रकाशित भएको सूचनामा उल्लेख छ ।

सूचनामा भनिएको छ । मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह (एमए) प्रथम बर्ष (२०७६) को अर्थशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।

उक्त परीक्षाको परीक्षाफल https://tuexam.edu.np/ मा पनि हेर्न सकिने छ भने MA symbol no. टाईप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिनेछ ।

परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उदेश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ ।

लब्धांकपत्र : नियमित परीक्षार्थीको सम्बन्धित क्याम्पसबाट र प्राइभेट परीक्षार्थीहरुको प.नि.का. बल्खुबाट वितरण गरिनेछ ।
नतिजा यहाँपनि अपलोड गरिएको छ ।

यी पनि पढ्नुहोस् ।

सम्बन्धित खबरहरु