काठमाडौं । भयानक दुर्घटनाको दुखद खबर आएको छ । यो खबरले सबैलाई स्तब्ध पारेको छ ।

उत्तराखण्डको देहरादूनमा एउटा भ्यान भीरमा खस्दा ११ जनाको मृत्यु भएको खबर आएको हो ।

दुर्घटनामा ४ जना घाइते भएका छन् । उत्तराखण्डमा मुख्यमन्त्री पुष्कर धामीले दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

बुल्हाड बायला रोडमा भ्यान अनियन्त्रित हुनपुग्दा भीरमा खसेको थियो । मृतकहरु सबै एउटै गाउँको रहेका छन् ।

दुर्घटना दुर्गम स्थानमा भएको कारण उद्धार कार्यमा कठिनाई भएको भारतीय मिडियाले जनाएका छन् । घाइतेहरुको समयमा उपचार हुन पाएको छैन । नजिक आसपासमा अस्पतालपनि नभएका कारण तत्काल उपचार हुन सकेको छैन ।

अरु सवारीपनि नजिक नरहेकाले उद्धारमा कठिनाई भएको देखिएको छ । स्थानीयले उनीहरुको प्राथमिक हेरचाह गरिरहेका छन् । मृत्यु भएकाहरुलाई समेत उठाएर ल्याउने साधन नभएकाले स्थानीय प्रशासनसँग प्रहरीले समन्वय गरिरहेको बुझिएको छ ।

 

सम्बन्धित खबरहरु