काठमाडौं । राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारी आज नेपाली सेनाको हेलिकोप्टरमा स्याउ फार्म अवलोकन गर्न मनाङ जाँदै हुनुहुन्छ ।

राष्ट्रपति भण्डारी मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ भ्राताङस्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लाग्नुभएको हो । एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ ।

राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले पुष्टी गर्नुभयो । जिल्लामा उहाँको भ्रमण सफल बनाउने तयारी भइरहेको छ । हामी सबै यसैमा जुटेका छौँ उहाँले भन्नुभयो ।

यसैगरी बाढी पहिरोले पुर्याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । उहाँले मध्यपश्चिमी भागका बाढी प्रभावित क्षेत्रको हवाई अवलोकन गर्ने कार्यक्रम छ । उहाँ नेपाली सेनाको हेलिकोप्टरमा भ्रमण गर्नुहुनेछ ।

 

सम्बन्धित खबरहरु