काठमाडौ । नेपालीहरुको दोस्रो महान चाड तिहारको मुखमा हवाइ भाडा घटेको छ । यसले यात्रुलाई सहुलियत भएको छ ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा दर घटाएको हो । यो आजैबाट लागू हुनेछ ।

निगमले अछाम–धनगढी उडानमा १ हजार २५ रुपैयाँ भाँडा घटाएको हो । अब भाडादर मात्र २ हजार ८ सय ८५ कायम गरिएको नेपाल एयरलाइन्स धनगढी–अछामका सम्पर्क व्यक्ति कृष्ण कुँवरले बताउनुभयो ।

यसअघि अछाम–धनगढी हवाइ भाडा ३ हजार ९ सय १० रुपैयाँ थियो । नयाँ भाडादर आज सोमबारबाट लागू हुनेछ । समिट एयरको भाडादर भने पूरानै अर्थात् ३ हजार ५ सय ५० रुपैयाँ कायम रहेको छ ।

तर नेपाल एयरलाइन्सले घटाएपछि उसलेपनि घटाउन बाध्य हुनेछ । नेपाल एयरलाइन्सले अब क्रमिकरुपमा सबै तर्फको भाडादर घटाउँदै यात्रुहरु आकर्षित गर्ने रणनीति लिएको छ ।

अहिले नेपाल एयरलाइन्सको जहाज चढ्ने यात्रु एकदम कम छन् । विमान समयमा उडान नगर्ने, कर्मचारीको लापरबाहीका कारण यात्रुले सास्ति भोग्नुपर्ने विविध समस्याहरु नेपाल एयरलाइन्समा छन् ।

सम्बन्धित खबरहरु