धार्मिक व्यूरो । दीपावली अघि धनतेरस पर्व आउन लागेको छ । यस दिन धनका देवता धन्वंतरी, कुबेर र लक्ष्मीको पूजा गर्ने विधि छ ।

लक्ष्मी पूजा त झनै विशेष छ । धनतेरसको दिन नयाँ वस्तु खरिद गर्नु शुभ मानिन्छ। के तपाईलाई थाहा छ यो पर्व अघि घरको केही भाग सफा गर्नु लक्ष्मीको आगमन एकिन हुनु मानिन्छ । यसो गर्नाले तपाईको भाग्य भगवान धन्वंतरीको आशीर्वादले चम्कन सक्छ।

घरको यी चार दिशा सफा गर्नुहोस्
दीपावलीको सरसफाई त तपाई सबैले गर्नु भएको होला तर के तपाईलाई थाहा छ धनतेरसको दिन बिहान घरका चार प्रमुख स्थानको सरसफाई गर्नु अति आवश्यक हुन्छ । यस दिन घरको उत्तर–पूर्व क्षेत्र अर्थात् उत्तर–पूर्व, पूर्व क्षेत्र अर्थात् पूर्व दिशा, उत्तर क्षेत्र अर्थात् उत्तर दिशा सफा गर्नुपर्छ।

सफा गरिसकेपछि यो काम गर्नुहोस्
घरको बीचमा अर्थात् ब्रह्मा स्थानबाट अनावश्यक वस्तुहरू हटाएर राम्ररी सफा गर्नुहोस्। गंगा जल छर्कने। एउटा भाँडोमा गंगा जल लिनुहोस् र आफ्नो घरको उत्तर दिशामा छर्क्नुहोस् र गंगा जलका केही थोपा आफ्नो घरको तिजोरीमा छर्क्नुहोस् जहाँ तपाईं पैसा र धन राख्नुहुन्छ। वास्तवमा यसो गरे माता लक्ष्मी, कुबेर र धन्वन्तरीको को आगमनको एकिन हुन्छ ।

झाडूको प्रयोग
घरको सरसफाई गरिसकेपछि यो कुरामा ध्यान दिनुहोस् कि सधैं झाडुलाई लुकाएर राख्नुहोला । यसलाई कसैले सजिलै देख्न नसक्ने ठाउँमा राख्नुहोस्। उभिएको र खुला झाडुलाई सम्पत्तिको विनाशको प्रतीक मानिन्छ।

माछा एक्वैरियम सफाई
यदि तपाईको घरमा माछाको एक्वैरियम छ भने त्यसलाई पनि यस दिन सफा गर्नुपर्छ ।

धनतेरसको साँझ घरमा पाँच दियो बाल्नुहोस् र त्यसपछि आफ्नो घरको मन्दिरमा एउटा दियो, एउटा तुलसी मोठमा, एउटा पानीको भाँडो र ढोकामा दुईवटा दियो राख्नुहोस्। धनतेरसको दिन कुबेरबाहेक यमदेवको नाममा पनि दीप प्रज्वलन गर्नुपर्छ ।

 

सम्बन्धित खबरहरु