काठमाडौं । भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा छ ।

[caption id="" align="aligncenter" width="960"] File Photo[/caption]

यो पनि, धनुषा जिल्लालगायत तराई क्षेत्रमा छठपर्वको नाउँमा भिख माग्नेहरुको सङ्ख्या ह्वात्तै बढेको छ । छठपर्व नजिक आउनै लाग्दा पेशेवर मगन्तेहरुले भिख माग्न थालेपछि स्थानीयलाई दिक्क लागेको बताइएको छ ।

अरु बेला आक्कलझुक्कल केही भिख माग्न आउने गरेकोमा अहिले ५० भन्दा बढी मगन्ते एउटै पसल तथा घरमा पुग्ने गरेको धनुषा ढल्केबरका प्रेम पौडेल बताउनुहन्छ । उहाँले भिख मागेर छठपर्व मान्ने परम्पराको दुरुपयोग गर्दै पेसेवर मगन्तेहरुले यसैको नाउँमा भिख माग्ने गरेको भन्नुभयो ।

‘आर्थिकरुपले सम्पन्न भए पनि कतिपयले भिख मागेर छठपर्व मान्ने भाकल गरेका हुन्छन् । तर अहिले भारतीय मुलुकबाट आएका करोडी समुदाय तथा गैर हिन्दूले पनि भिख माग्न थालेपछि वास्तविक भिक्षाटन गरेर छठपर्व मान्नेहरुलाई समेत नराम्रो दृष्टिले हेर्ने गरिएको छ, ‘पौडेलले भन्नुभयो ।’

सम्बन्धित खबरहरु