काठमाडौ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अचानकको चुनाव बारे घोषणाले राजनीतिमा फेरी तरंग आएको छ ।

आगामी निर्वाचन बारे सबैको ध्यान गइरहेका बेला अध्यक्ष प्रचण्डले सबै तहको निर्वाचन एकै पटक गर्ने विचार व्यक्त गर्नुभएको छ ।

सोमबार पार्टी निकटका निजामती कर्मचारीहरुको कार्यक्रममा उहाँले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक निर्वाचन गर्ने सम्बन्धमा आफू नजिक रहेको खुलासा गर्नुभएको हो ।

उहाँले पहिले प्रतिनिधिसभाको निर्वाचन गरेर मात्र स्थानीय तहको निर्वाचन गर्ने की पहिले स्थानीय पछि प्रदेश र प्रतिनिधिको गर्ने भन्ने बारेमा छलफल भइरहेपनि आफू सबै चुनाव एकै पटक गर्ने पक्षमा रहेको बताउनुभयो ।

निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा राजनीतिक तहमा छलफल चलिरहेको छ तर निर्वाचन आयोगसँग छलफल गर्न बाँकी नै रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

‘राज्यलाई कम भार पार्ने, जनतालाई कम दुख हुने गरी तीनै तहको निर्वाचन एकैचोटी गर्ने, प्रदेश अनुसार चरण चरणमा गर्ने तर काउन्टिङ एकै पटक गर्ने गर्‍यो भने धेरै चलखेल षड्यन्त्र पनि हुन नपाउने आर्थिक बोझ पनि कम हुने राजनीतिक दललाई पनि सजिलो हुने हो कि भन्ने एउटा विचार आएको छ’ छ त्यसमा हामीपनि सहमत छौ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

त्यस्तै तीनवटै निर्वाचन एकैपटक गर्दा प्राविधिक रुपमा अप्ठ्यारो हुने हुनाले पहिले संघको निर्वाचन गर्ने र त्यसपछि स्थानीय तहको निर्वाचन गर्ने विषयमा पनि छलफल भइरहेको छ तर सबै एकै पटक गर्दा राम्रो होला भन्ने धेरैलाई लागेको प्रचण्डको दावी थियो ।

 

सम्बन्धित खबरहरु