चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल दुबै दक्षिणपन्थी प्रवृत्तिका प्रतिनिधि भएको टिप्पणी गर्नुभएको छ ।

यसैले वर्तमान सत्ता गठबन्धन बुर्जुवाहरुको गठबन्धन भएको उहाँको आरोप छ । प्रचण्ड र माधव कांग्रेसको मित्रशक्ति बनेर दक्षिणपन्थी प्रवृत्तिको प्रतिनिधि बनेको प्रमाण आँखा अगाडी नै रहेको उहाँको भनाई छ ।

सोमबार एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेता बादलले अदालतको परमादेश मार्फत बुर्जुवाहरुको गठबन्धनमा कम्युनिस्ट नामका दक्षिणपन्थीहरू एकाकार भएको दावी गर्नुभयो ।

उहाँले एमालेले अहिले देखिएको चुनौतीको सामना गरेर छाड्ने ठोकुवा गर्नुभयो । देशको राष्ट्रिय एकता, स्थायित्व र विकास एमालेबाट मात्रै सम्भव भएको बादलले दाबी छ ।

नेपालको माक्र्सवाद भनेको जनताको बहुदलीय जनवाद मात्रै भएको उहाँको जिकिर थियो ।

सम्बन्धित खबरहरु