चितवन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले फेरी मतपत्र च्यात्ने सपना नदेख्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ चेतवानी दिनुभएको छ ।

जताततै एमालेको सल्टर बनिसकेकाले हिजोजस्तो मतपत्र च्यातेर, बत्ति निभाएर जित्छु भन्ने सपना नदेख्न ओलीको चेतवानी थियो ।

सोमबार एमालेको भतरपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले चितवनमा एमालेको महाधिवेशन गर्ने कुरा ठूलो नभएको दावी गर्नुभयो । यहाँ महाधिवेशन गरे पनि, नगरे पनि एमालेले नै जित्ने उहाँको दावी थियो ।

‘चितवनमा महाधिवेशन गर्ने कुरा ठूलो कुरा भयो,’ प्रचण्डतिर संकेत गर्दै ओलीले भन्नुभयो ‘किन छटपटी ? महाधिवेशन गरेरमात्रै हामीले यो जिल्ला जित्ने होइन । महाधिवेशन गरे पनि, नगरे पनि हामी जित्छौं ।’

ओलीले रेणु दाहाललाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् बाउ (प्रचण्ड) लाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताउनुभयो ।

‘छोरी बोकेर कांग्रेसले बढ्तै फुर्ती देखाएको थियो, हामीले पनि लौन त भनेर बाउ बोकेको,’ ओलीले भन्नुभयो, ‘ अब त्यस्तो गल्ती गर्नु हुँदैन ।

जनताले एकपटक धोका पाए । म त झुक्किएर दुई–दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।’ रेणु दाहाललाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’ जताततै एमालेको सल्टर छ ।

सम्बन्धित खबरहरु