काठमाडौं । केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक गृह मन्त्रालयमा बोलाइएको छ ।

अफगानी नागरिकहरु नेपालमा अवैध रुपमा प्रवेश गर्न थालेको विषयलाई लिएर सुरक्षा रणनीति तय गर्न सोमबार अपरान्ह ४ बजेदेखि सुरक्षा समितिको बैठक बसिरहेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बस्ने बैठकमा नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, मन्त्रालयका शान्ति, सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल लगायत सहभागी हुनुहुन्छ ।

गृहका एक अधिकारीका अनुसार बैठकमा सीमा नाका व्यवस्थित गर्नेबारे पनि छलफल हुनेछ । भारतको खुला सीमालाई कसरी अझै टाइट गर्ने विषयमा निर्णय हुने बुझिएको छ ।

सम्बन्धित खबरहरु