चितवन । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएका मधेसका प्रभावशाली नेता प्रभु साह अब एमालेमा नै प्रतिवद्ध हुनुभएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसँग कुरा मिलेपछि उहाँ सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गर्न अध्यक्ष ओलीसँगै चितवन पुग्नुभयो ।

माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट हुनुहुन्थ्यो । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा सम्वोधन गर्न पुग्नुभयो ।

सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गर्नुभयो । अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश उहाँले दिनुभयो ।

साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेसँगै कुरा मिलेको छ । उहाँले अब एमाले तत्कालिन नेकपा कै रुप भएकाले यहाँ कुनै विवाद नरहेको उहाँले सम्बोधनमा खुलाउनुभएको थियो ।

सम्बन्धित खबरहरु