काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायाधीशहरुको तमासाले अदालतमा सेटिङ पुष्टि भएको दावी गर्नुभएको छ ।

एमाले भरतपुर नगर कमिटीको प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अदालतमा सेटिङ गरेर परमादेश आएको कुरा न्यायाधीशहरु आफैले भण्डाफोर गरेको दावी गर्नुभयो ।

जालझेल, सेटिङ, तिकडम गरेर, अदालत मिलाएर, मिलाएको रहेछ भन्ने त एक पछि अर्को न्यायाधीशहरु आफैं भन्न थाले । बकपत्र सुरु भयो ।

अमेरिकाबाट इमेल पठाए । पढ्दा पढ्दै, पढिनसक्दै चुपचुप, बन्द गर, बन्द गर भनेर तमासा गरेका तथ्य त बाहिर आए नी बन्द गर, बन्द गर । रोक, रोक, उहाँले भन्नुभयो, न्यायाधीशको इमेल के के न होला भनेर पढ्दा पढ्दै छोप्नुपर्‍यो ।

बन्द गर, बन्द गर । रोक, रोक । यो सत्य बाहिर जाँदा त के के पो निस्किने हो, भण्डाफोर भयो । आधामै रोकायो । चौथाईमै रोकायो । के हालत छ ?

प्रतिक्रियावादीहरुले यस्ता खालका चाहिने नचाहिने क्रियाकलाप गर्ने उहाँको भनाइ छ । यिनीहरुले जनताको शक्तिलाई लल्कार्ने कुरा गर्छन् ।

अमेरिकाबाट लेखिएको इमेल के भन्छ, एकदम खतरनाक शक्ति अगाडि बढेका हुनाले सरकारबाट खसाल्नै पर्छ । संवैधानिक ढंगले जान सकिएन । त्यसकारण असंवैधानिक ढंगले जानुपर्‍यो, उहाँले थप बोल्नुभयो ।

एमालेलाई सरकारबाट ढाल्न कुनै संवैधानिक बाटोबाट सम्भव नभएको, एमाले फुटाउन संवैधानिक बाटो नभएकाले जालझेल गरिएको उहाँको आरोप थियो । ४० लाई २० प्रतिशत झारियो ।

र लाई वा मा झारेर, संसद बन्द गरेर, हामीले निष्काशन गरेका, कारवाही गरेकालाई कायम राखेर, बलजफ्ती, संविधानको धज्जी उडाएर, मर्यादित संस्थाहरुको हुर्मत लिएर एमालेलाई परमादेशबाट हटाइयो, उहाँले जोड दिँदै थप बोल्नुभयो, किनभने कुनै वैधानिक र सहि बाटोबाट एमालेलाई सकिँदै सकिँदैन ।

त्यसकारण गलत बाटोबाट परमादेशबाट हटाइयो । एमालेसँग अगाडिबाट लड्ने हिम्मत छैन ।

त्यसकारण पछाडिबाट झुक्याएर परमादेशबाट हटाइयो । परमादेश भनेको त झुक्याएर असंवैधानिक ढंगबाट पछाडिबाट हान्ने रहेछ । तर अब चुनावबाटै फेरी देखाइदिने ओलीको दावी थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु