काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रसँग मिलेर केपी शर्मा ओलीले गणतन्त्र उल्ट्याउन लागेको खुलासा गर्नुभएको छ ।

उहाँले राजाका मान्छेलाई एमाले अध्यक्ष ओलीले गणतन्त्र उल्ट्याउने आश्वासन दिएको सूचना आएको दावी गर्नुभएको हो ।

सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउँदै भन्नुभयो, ‘ ओलीले अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरुसँग भेटघाट गरेको सूचना मैले पाएँ ।

गणतन्त्र मलाई जिन्दगीभरी मन परेको होइन, बाध्य भएर स्वीकार गरेको हो । त्यसकरण मौका आयो भने उल्ट्याउने हो भनेर भनेछन् । तपाईंहरू विचार गर्नुहोला स्थिति कहाँसम्म पुग्या रहेछ ।’

माओवादी अलिकति शिथिल हुँदा सम्पूर्ण परिवर्तन नै उल्ट्याउने प्रयत्न भएको भन्दै उहाँले त्यसकाविरूद्ध सचेत हुनुपर्ने बताउनुभयो ।

‘अलिकति हामी शिथिल हुँदा, माओवादी विभाजित हुँदा र पार्टीका नेता कार्यकर्ताहरु अलिकति व्यक्तिगत काममा लाग्दा वा विचारमा, राजनीतिमा, संगठनमा जसरी लाग्नु पर्ने हो,

त्यसरी नलाग्दा, हिजो हामीसँग बाध्य भएर सम्झौता गर्नेहरुले सोचे अब माओवादी सकिन थालेको छ, यही बेलामा यो संविधान पनि च्यात्ने, संघीय लोकतान्त्रिक गणतन्त्र पनि घाँडो हो, यसलाई पनि हटाउनु पर्छ, धर्म निरपेक्ष पनि ठीक छैन, समावेशी समानुपातिक भनेर दलित, महिला,

जनजाति, मधेशी, मुस्लिम सबैलाई राज्य संयन्त्रमा तलदेखि माथिसम्म प्रतिनिधित्व गराउने यो माओवादी हो,’दाहालले भन्नुभयो, ‘ओली प्रवृति भन्छौँ नि हामी गत सालदेखि, नयाँ खालको एउटा कम्युनिस्ट नामधारी प्रतिक्रियावादी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारीविरुद्ध लड्न बाध्य भइयो हामी’,उहाँले थप बोल्नुभयो ।

भिडियो

सम्बन्धित खबरहरु