काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर विमान दुर्घटनामा परेको हो ।

आज बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो । उड्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको छ ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । जहाजको अगाडिको र पछाडिको टायरको बीच भाग ( तल्लो पेट) मा प्वाल परेको छ ।

धावनमार्गबाट जहाज हटाएर विमानस्थल सन्चालनको प्रयास भइरहेको छ । जहाजले १४ यात्रु र कार्गो बोकेको थियो । विमान धावनमार्गमा रहेका कारण अरु जहाज उड्न पाएका छैनन् ।

विमानलाई क्रेनले हटाएर अरु उडान सुचारु गर्ने तयारी भइरहेको छ । विमानको तल्लो पेट प्वाल परेपनि आगलागी नभएका कारण र विमान नपल्टिएका कारण ठूलो क्षति हुन पाएन ।

सम्बन्धित खबरहरु