काठमाडौ । ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा एक जना घाइते भएका छन् ।

जाजरकोटमको नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका–५ झुल्केडाँडामा बुधबार बिहान २ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा नलगाड नगरपालिका– ७ का ३५ वर्षीय चंखलाल बिक, वडानम्बर–५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिनुभयो ।

त्यस्तै नलगाड नगरपालिका–८ का १७ वर्षीय विनोद परियार घाइते हुनुभएको छ । उहाँ सह–चालक रहेको प्रहरीले बताएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले बताउनुभयो । ट्याक्टर नम्बर भने खुलेको छैन । ट्याक्टर मालिक नै चंखलालले नै ट्याक्टर चलाएको प्रहरीको भनाइ छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु