काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली कै शब्द सापटी लिने हो भने जीवनमा प्रत्यक्ष एकसिंगे गैडा नै नदेखि मृत्यु हुन्छ भने त्यो मान्छे के मान्छे ।

जीवन धन्य बनाउने हो भने त दुर्लभ गैँडा प्रत्यक्ष आँखाले देख्नु पर्यो नी । बास्तवमा भन्ने हो भने विश्वका मानिस नेपालमा भ्रमणका लागि तान्ने यो एक गज्जबको कुरापनि हो ।

किनकी विश्वकै दुर्लभ बन्यजन्तु एकसिंगे गैँडा नेपालमा मात्र छ । भारत र चीनमा यदाकदा देखिन्छ । तर नेपालको चितवनस्थित सौराहाको सडकमा भने गैँडा खुलेआम हिड्ने गरेको छ ।

धेरैजसो गैँडा दिउँसो ३ देखि ४ बजेसम्म स्थानीय किसानको घाँस र तरकारी खान बाहिर आउने र बिहानै चितवन राष्ट्रिय निकुञ्ज तर्फ फर्किने स्थानीय रामजी खतिवडाले बताउनुभयो ।

गैँडालाई जंगलभित्रको खाना मात्र मिठो नभएका कारण किसानले लगाएको खेतीबाली खान सहर छिर्ने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज नेपालको मात्र नभएर विश्वकै सम्पत्ति यही कारण छ जहाँ एकसिंगे गैँडा, दुर्लभ हात्ति, चितुवा र अनेकौँ बन्यजन्तुहरु छन् ।

यसको दृष्य अवलोकनका लागि विश्भरीका मानिसहरु नेपाल आउँने गर्दछन् । यसको प्रचार प्रसार अझै गर्ने हो भने नेपाल विश्वका मानिसहरु आउने थलोको रुपमा विकास हुनेछ । जसले नेपालको अर्थतन्त्र ह्वात्तै माथी पुग्नेछ ।

सम्बन्धित खबरहरु