काठमाडौ । महाअभियोग दर्ता गर्न संसदको विशेष अधिवेशन बोलाउन सांसदले माग गर्न थालेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का नेता एवम् प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्ध महाअभियोग प्रस्ताव पेश गर्नुपर्ने बताउनुभएको हो ।

महाअभियोग प्रस्ताव दर्ता गर्न संसदको विशेष अधिवेशन बोलाउनुपर्ने राईको दावी छ । ‘प्रधानन्यायाधीशको विकृति गम्भीर रुपमा देखिएको छ ।

त्यसैले उहाँले राजीनामा दिएर निकास दिएको भए सबैभन्दा राम्रो हुन्थ्यो,’ राईले भन्नुभयो, ‘यदि उहाँले राजीनामा दिनुहुन्न भने महाअभियोग प्रस्ताव दर्ता गर्न विशेष अधिवेशन बोलाइहाल्नुपर्छ ।’

उहाँले यदि सरकारले विशेष अधिवेशन आह्वान गरेन भने सांसदहरु नै जुट्नुपर्ने र त्यसमा आफ्नो समर्थन रहने धारणा राख्नुभयो । नेता राईले अदालतभित्रको विकृति अन्त्य गर्नका लागि राजनीतिक दलहरुले अहिले उपयुक्त मौका पाएको पनि बताउनुभयो ।

यद्यपि, नेता राईको राजनीतिक दल जसपाले भने सर्वोच्चमा देखिएको आन्दोलनका बिषयमा अहिलेसम्म आधिकारिक धारणा तय गरिसकेको छैन।

अदालतमा न्यायाधीशहरु आन्दोलन गरिरहने र प्रधानन्यायाधीशले निकास दिन नचाहने भइरहेकाले अहिले आन्दोलनरत न्यायालयको ध्यान दल तथा संसदतिर सोझिएको छ । तर केही सांसदहरुले फाट्फुट्ट बोल्न थाले पनि दलहरु भने मौन छन् ।

 

सम्बन्धित खबरहरु