काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा स्वदेश फर्किनुभएको छ ।

स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा भाग लिई आज बिहान स्वदेश फर्किंनुभएको हो ।

नेपाल फर्किए लगत्तै विमानस्थलबाटै देउवाले सत्ता गठबन्धन चुनावसम्मै जाने घोषणा गर्नुभयो ।

साथै अहिले गठबन्धनका दल र नेताहरुबीचमा कुनै समस्या नरहेको प्रष्ट पार्नुभएको छ । यद्यपी नेपाली कांग्रेसका अरु नेताहरुले कांग्रेस एक्लै चुनाव लड्ने दावी गरिराख्नुभएको छ ।

त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीले गठबन्धनको बचाउ गर्नुभएको देखिन्थ्यो ।

कोप २६ सँग सम्बन्धित विषय बाहेक अरु प्रश्न नगर्न शुरुमै आग्रह गर्नुभएका देउवाले प्रधानन्यायाधीश प्रकरणमा भने केही बोल्न चाहानुभएन । उहाँले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने स्पष्ट पार्नुभयो । यसका लागि सत्ता गठबन्धन एक भइसकेको उहाँको दावी थियो ।

संक्षिप्त पत्रकार सम्मेलनमा देउवाले आफूले विश्वका नेताहरुबाट सद्भाव पाएको दावी गर्नुभयो । अन्तिममा आफूमैत्री प्रश्न गरेकोमा उहाँले पत्रकारहरुलाई समेत धन्यवाद दिनुभएको थियो ।

सम्बन्धित खबरहरु