काठमाडौ । विशेषगरी हिन्दुहरुको र नेपालीहरुको दोस्रो महान चाड तिहार अर्थात दिपावली अब सबैको हुँदै गएको छ ।

विश्वभरी नै हिन्दुहरु छरिएसँगै विश्वभर नै मनाउन थालिएको छ । धार्मिक सद्भाव देखाउनपनि विश्वभरीका शक्तिशाली व्यक्तिहरुले समेत तिहार मनाउन थालेका छन् ।

यही क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनलेपनि दीपावली मनाउनुभएको छ ।

बाइडेनले दीपावलीको अवसरमा दियो बाल्दै यो पर्व मनाउने संसारभरका सबैलाई शुभकामना दिनुभयो । संसारभरीबाट उहाँलाई धन्यवादसँगै शुभकामना दिइएको छ ।

उहाँले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्बिरसहित दीपावलीको शुभकामना दिनुभयो ।

तस्बिरमा उहाँकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन पनि सँगै देखिनुहुन्छ ।

बिहीबार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ बजेर ३१ मिनेटमा बाइडेनले उक्त शुभकामना सन्देश पोस्ट गर्नुभएको थियो ।

‘दिवालीको प्रकाशले हामीलाई सधैँ यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुःखपछि आशा पलाउनेछ,’ उहाँले लेख्नुभएको छ ।

उहाँले अमेरिका र विश्वभर रहेका दीपावली मनाउने हिन्दु, शिख, जैन र बुद्धिस्ट समुदायलाई दीपावलीको शुभकामना दिनुभयो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु