काठमाडौ । स्वास्थ्य बिमा निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा क्रमश निःशुल्क गर्दै लैजाने योजना बनाएको छ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा अहिले निर्धारित रकम तीन हजार पाँच सयलाई क्रमशः कम गर्दै लैजाने तयारी भइरहेको जानकारी दिनुभयो । Preparing to get health insurance for free, how to get the service

‘स्वास्थ्य बिमा ३ हजार ५ नलिइ बिमा गर्ने योजना बनाएको छु,’ मन्त्री खतिवडाले भन्नुभयो, ‘त्यसमध्ये पनि लोपउन्मुख तथा अल्पसंख्यक जातिलाई सरकारले नै रकम तिरेर अनिवार्य बिमा कार्यक्रममा समावेश गर्ने तयारी गरिरहेको छ।’

उहाँले यो कार्यक्रम अगाडि बढाउन प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग छलफल भइरहेको जानकारी दिनुभयो ।

‘लोपउन्मुख जातिको संख्या कम भएकाले स्वास्थ्य मन्त्रालयकै बजेटबाट गर्न सकिन्छ। अल्पसंख्यकको जनसंख्या करिब ३० लाख छ। सरकारले सो कार्यक्रममार्फत क्रमशः सबै नागरिकको बिमा अनिवार्य गर्ने छ,’ उहाँले भन्नुभयो, ‘मैले लोपउन्मुख वा अल्पसंख्यकको मात्रै पनि स्वास्थ्य बिमा निःस्शुल्क गर्न सके भने क्रमशः अगामी सरकारले सो कार्यक्रमलाई पाँच–६ वर्षभित्रमा सबै नागरिकको बिमा अनिवार्य गर्न सजिलो हुन्छ।’

खतिवडाले यसअघि १८ वर्षमाथिका सबै नागरिकलाई मात्र खोप उपलब्ध भएकोमा अब १२ वर्षमाथिका सबैलाई खोप दिने तयारी गरेको बताउनुभयो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अनुमति दिइसकेकाले १२ वर्षमाथिका नागरिकलाई खोप लगाउन एक करोड डोज खोप ‘बुक’ गरिसकेको उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्री खतिवडाले भन्नुभयो, ‘यसअघि १८ वर्षमाथिकाले मात्र खोप लगाएका थिए, अब १२ वर्षमाथिकालाई पनि खोप दिन एक करोड खोप बुक गरिसक्यौं। अमेरिकाबाट फाइजर र मोडेर्ना खरिद गरेर ल्याउँदैछौं। यो ५० लाखलाई पुग्छ। अमेरिकी अनुदानमा १ लाख खोप आइसकेको छ। केही दिनमै एक करोड डोज खोप पनि आउँछ।’

उहाँले भारत र चीनले बालबालिकाका लागि नयाँ खोप परीक्षण गरिहरहेको भन्दै जसले अगाडि मान्यता पायो त्यहीँबाट १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई खोप खरिद गरिने बताउनुभयो ।

स्वास्थ्यकर्मीले भत्ता नपाएको गुनासो सुनेको भन्दै उहाँले त्यसका लागि अर्थमन्त्रालयमा ४५ करोड रकम निकासाका लागि पत्र पठाएको जानकारी दिनुभयो। उहाँले औषधिमा शुल्क बढेको गुनासो बुझ्न सचिवलाई निर्देशन दिएको बताउनुभयो ।

सम्बन्धित खबरहरु