काठमाडौ । सिङापुरका लागि सन २०१३ पछि फेरि नेपालीका लागि रोजगारी खोलिएको छ । तत्काललाई २०० कामदार को माग आएको छ भने क्रमश बढ्दै जाने बताइएको छ ।

सिङापुरले सन २०१३ मा सस्थागत रुपमा एलन इन्टरनेशनल म्यानपावर मार्फत ९ जना कामदार सिंगापुरको युनिभर्सल मारिटाइम सोलुशन कम्पनीका लागि काम गर्न गएका थिए त्यस पश्चात् करिब ६ बर्ष पछि २०० कामदारको माग आएको सूचनामा उल्लेख गरिएको छ।

सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदारको माग गरेको छ । संस्थागत रुपमा सिंगापुरले सन् २०१३ को अगस्टपछि रोजगारीका लागि नेपाली कामदार लगेको थिएन । त्यसबेला ९ जना नेपाली कामदार रोजगारीका लागि सिंगापुर पुगेका थिए ।

ब्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर गएपनी सस्थागत रुपमा भने कामदार बन्द नै गरिएको थियो। बैदेशिक रोजगारको रुपमा सिङ्गापुर आकर्षक गन्तव्य मानिएपनी नेपाली कामदार जान सकिरहेका थिएनन। करिब ६ बर्षपछि हाउसकिपिङ्कका लागि २०० कामदारको माग आएको बताईएको छ।

सिङापुरले सस्थागत रुपमा कामदार नलिएपनी धेरै जना नेपाली कामदारहरु व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर रोजगारीका लागि सिंगापुर पुगे पनि संस्थागत रुपमा भने बन्द जस्तै भएको थियो । नेपाली कामदारका लागि सिंगापुर आकर्षक गन्तव्य मानिए पनि कामदारहरु सिङापुर जान असमर्थ रहेका थिए।

धेरै बर्ष पछि सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक रोजगार विभागले सेवा शुःल्क निर्धारण गर्न श्रम मन्त्रालयमा पत्र पठाएको थियो।

श्रम मन्त्रालयले बढीमा ५० हजार रुपैयाँ लिन पाउने गरि पहिलो चरणमा रोजगार बिभागले १ सय कामदारका लागि स्वीकृति दिने बताईएको छ।

वैदेशिक रोजगार विभागले कन्टिनेन्टल ह्युमन रिसोर्स प्रालिलाई एक सय जनाको पूर्वस्वीकृति दिएको यस कोटामा जाने कामदारले २ हजार ३ सय सिंगापुर डलर (एक लाख ८६ हजार रुपैयाँ) तलब पाउने बताईएको छ।

सम्बन्धित खबरहरु