काठमाडौ । विमान दुर्घटना हुँदा त्यसमा सवार एक गायिकासहित पाँच जनाको मृत्यु भएको छ ।

ब्राजिलमा एक निजी विमान दुर्घटनामा परेको हो । ब्राजिलको दक्षिणपूर्वी मिनास गेरैस राज्यको ग्रामीण क्षेत्रमा उक्त विमान दुर्घटना भएको हो ।

दुर्घटनामा ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्सासहित उनका काका, निर्माता र दुई जना प्राविधिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गायिका मेन्न्डोन्सा आफ्ना क्रु मेम्बरसहित काराटिन्गा शहरमा जाने क्रममा शुक्रबार साँझ उक्त विमान दुर्घटनामा परेको बताइएको छ । दुर्घटनास्थल उक्त शहरभन्दा १२ किलोमिटर टाढा पर्छ । मेन्डोन्सा सन् २०१९ की ग्रामी अवार्ड विजेता समेत हुन् ।

गायिका मारिलिया मेन्डोकासँगै उनका काका, निर्माता र दुई पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ। दुर्घटनाको कारणबारे त्यहाँको सरकारी निकायले अनुसन्धान सुरु गरेको छ।

जहाज कसरी दुर्घटनामा पर्‍यो भन्ने विषय खुलेको छैन। मारिलियाले किशोर अवस्थाबाट नै सांगितिक यात्रा सुरु गरेकी थिइन्। ब्राजिलमा उनको गीतहरु सबैभन्दा बढी हेरिने र सुनिने गरिन्छ।

कोरोना महामारीका बेला सांगितीक कन्सर्ट बन्द थिए। त्यो समयमा ब्राजिलकी चर्चित गायिका मारिलियाले अनलाइन गीतहरु गाउन थालेकी थिइन्। लकडाउनको समयमा अनलाइनमा उनका गीतहरु सर्वाधिक हेरिएको थियो। एजेन्सीबाट

Facebook Notice for EU! You need to login to view and post FB Comments!

सम्बन्धित खबरहरु